वर्डप्रेस श्रेयहरू
व्यावहारिक सिकाइमार्फत योगदानकर्ताहरूको आगामी पुस्तालाई मार्गदर्शन गर्दै
कार्यक्रमबारे
वर्डप्रेस श्रेय वर्डप्रेस फाउन्डेशनद्वारा सञ्चालित योगदान-आधारित कार्यक्रम हो जसले उच्च शिक्षा स्तरका विद्यार्थीहरूलाई ग्लोबल खुला स्रोत समुदायसँग जोड्दछ। यसले मेन्टरशिपसहितको वास्तविक अनुभव प्रदान गर्दछ जसले विद्यार्थीहरूले वर्डप्रेसमा प्रत्यक्ष योगदान गर्दै शैक्षिक आवश्यकताहरू पूरा गर्न सहयोग पुर्याउँछ।
पिसा विश्वविद्यालयसँग सहकार्यमा सुरु भई वर्डक्याम्प युरोप २०२५ मा घोषणा गरिएको यो कार्यक्रम वर्डप्रेस इकोसिस्टमभर विद्यार्थी, विश्वविद्यालय र कम्पनीहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्दै निरन्तर रूपमा वृद्धि हुँदै गएको छ।

यसले कसरी काम गर्दछ
कार्यक्रम प्रायः एक शैक्षिक सेमेस्टरका लागि सञ्चालन हुन्छ र तीन मुख्य चरणहरू पालना गर्छ:
- अनबोर्डिङ
- परियोजना कार्य (योगदानहरू)
- समापन
कार्यक्रममार्फत विद्यार्थीहरूले वर्डप्रेस पारिस्थितिकतान्त्र भित्रका कम्पनीहरूका स्वयंसेवक र व्यवसायिकहरूसँग सहकार्य गर्छन्।
अनबोर्डिङ
विद्यार्थीहरूले मेन्टरहरू र स्थानीय टिमहरूसँग जोडिँदै वर्डप्रेस उपकरणहरू, समुदायिक संस्कृतिको ज्ञान, र खुला स्रोत सहकार्य सम्बन्धी प्रशिक्षण प्राप्त गर्छन्।
परियोजना कार्य
विद्यार्थीहरूले अनुवाद, सामग्री निर्माण, कार्यक्रम आयोजना, विकास वा डिजाइन जस्ता आफ्ना रुचिका क्षेत्रमा व्यक्तिगत योगदान परियोजना विकास गर्छन्।
समापन
विद्यार्थीहरूले आफ्नो काम प्रस्तुत गर्छन्, अनुभवहरू साझा गर्छन्, र भावी सहभागीहरूको लागि कार्यक्रम सुधार गर्न सहयोग गर्छन्।
वर्डप्रेस श्रेयमा किन सहभागी हुने
विद्यार्थीहरूका लागि
- वास्तविक वर्डप्रेस परियोजना निर्माण गर्नुहोस् र व्यावहारिक सीप विकास गर्नुहोस्
- अनुभवी मेन्टरहरूबाट सिक्नुहोस्
- व्यवहारिक अनुभवमार्फत आत्मविश्वास बढाउनुहोस्
- ग्लोबल खुला स्रोत समुदायसँग जोडिनुहोस्
मेन्टरहरूका लागि
- विद्यार्थीहरूका लागि अर्थपूर्ण सिकाइ अनुभवहरू ल्याउनुहोस्
- आफ्नै नेतृत्व सीप सुदृढ गर्दै ज्ञान साझा गर्नुहोस्
- तपाईँको संस्था वा समुदायलाई ग्लोबल वर्डप्रेस इकोसिस्टमसँग जडान गर्नुहोस्
संस्थाहरूका लागि
- कुनै पनि लागत बिना प्रयोगका लागि तयार पूरै शैक्षिक कार्यक्रममा पहुँच
- पाठ्यक्रममा वास्तविक संसारको मुक्त स्रोत अनुभवलाई प्रत्यक्ष रूपमा समावेश गर्ने क्षमता
- व्यावहारिक परियोजनामार्फत विद्यार्थीहरूको संलग्नता बढाइएको
- आन्तरिक क्षमताहरू सुदृढ पार्ने भविष्यका मेन्टरका रूपमा प्रशिक्षित हुन शिक्षकहरूका लागि अवसर
- वर्डप्रेस फाउण्डेसनसँगको आधिकारिक सहकार्य, जसले संस्थाको उच्च-गुणस्तरीय डिजिटल शिक्षाका लागि प्रतिबद्धता र ग्लोबल ओपन सोर्स सहकार्यलाई सुदृढ पार्छ
कम्पनीहरूका लागि
- खुला स्रोत शिक्षा र उदाउँदै गरेका वर्डप्रेस व्यवसायिकहरूलाई समर्थन गर्ने कम्पनीको रूपमा बढेको दृश्यता
- मार्गदर्शित परियोजनाहरूमार्फत वास्तविक अनुभव प्राप्त गरिरहेका प्रेरित विद्यार्थीहरूसँग प्रत्यक्ष जडान
- सार्थक समुदाय पहलहरूको समर्थकका रूपमा वर्डप्रेस इकोसिस्टममा मजबुत प्रतिष्ठा स्थापित भयो
- दीर्घकालीन आपसी फाइदाका लागि मेन्टरहरू, संस्थाहरू र योगदानकर्ताहरूसँग सहकार्य गर्ने अवसरहरू
सफलताको कथाहरू
वर्डप्रेस श्रेय परियोजनाभित्रको मेरो अनुभव साँच्चिकै समृद्धिको भएको छ। सुरुबाटै, म प्रत्येक दिन अझ धेरै सिक्न प्रेरित र समर्थित महसुस गरिरहेको छु। व्यक्तिगत स्तरमा, मेरा सुपरभाइजर असाधारण रहनु भएको छ, उहाँ सधैँ मेरा प्रश्नहरूमा सतर्क रहनुहुन्छ, छिटो प्रतिक्रिया दिनुहुन्छ, र सहयोग गर्न बलियो इच्छाशक्ति देखाउनुहुन्छ।
नाजरेथ
यूनिभर्सिदाद फिडेलिटास
“म यस परियोजनालाई मेरो शैक्षिक यात्राका लागि रोचक र उपयोगी ठान्दछु। मैले डिजिटल सीप विकास गर्ने र आफ्ना सञ्चार क्षमताहरू व्यवहारमा उतार्ने अवसर पाएँ। साथै, प्रत्यक्ष मिटिङहरू सहितको सक्रिय, गतिशील, र अत्यन्त सहकार्यपूर्ण समुदायमा सहभागी हुने मौका पाएँ, जसले मेरो यात्रालाई सुधार गर्न मद्दत पुर्यायो।“
लियोनार्दो
पिसा विश्वविद्यालय
यो परियोजनाले एउटा ठूलो सिर्जनात्मक समुदायको हिस्सा भएको अनुभव गरायो, जहाँ सबैजना सधैँ एकअर्कालाई सहयोग गर्न, अर्थपूर्ण, लगातार परिवर्तनशील र निरन्तर विकसित हुँदै गएको केही सिर्जना गर्न तयार थिए। यस कार्यक्रमको धन्यवाद, मलाई आफूसरह अन्य विद्यार्थीहरूलाई समेत सहभागी हुन सहयोग गर्ने, धेरै ठूलो परियोजनामा ठोस रूपमा योगदान गर्ने अवसर प्राप्त भयो।
एरिआना
पिसा विश्वविद्यालय
“यस परियोजनाले मलाई साँच्चिकै सकारात्मक अनुभव दिएको छ: सम्पूर्ण यात्राभरि म समर्थित महसुस गरिरहेँ, र मलाई आफूलाई विकास गर्न, आफ्ना सीपहरू विकास गर्न, र पहिले नजानेका कुरा सिक्ने अवसर मिला्यो। यदि तपाईँ खुला मनले स्वागत गरिने स्थान खोजिरहनु भएको छ भने, यही हो।“
जुलिया
पिसा विश्वविद्यालय
सहभागी संस्थाहरू
वर्डप्रेस श्रेयमा हाल सहभागी भइरहेको संस्थाहरू जाँच गर्नुहोस्। सँगै, उनीहरूले विश्वभरका विद्यार्थी, शिक्षक, र योगदानकर्ताहरूलाई जोडेर खुला स्रोत शिक्षालाई अघि बढाइरहेका छन्।
यदि तपाईँको संस्थाले यस विकसित हुँदै गएको नेटवर्कमा सहभागी हुन चाहनुहुन्छ भने, कृपया आफ्नो रुचि दर्ता गर्नुहोस् जसले गर्दा हामी जोडिनु र सँगै आगामी चरणहरू छलफल गर्न सकौँ।

यूनिभर्सिदाद फिडेलिटास
सान होसे, कोष्टा रिका

रिगा नर्डिक विश्वविद्यालय
रिगा, लाट्भिया

युनिभर्सिदाद प्रिभादा फ्रान्ज तामायो
सान्टा क्रूज र कोचाबाम्बा, बोलिभिया

पिसा विश्वविद्यालय
पिसा, इटाली

अहमदको शिक्षा
ढाका, बङ्गलादेश

क्राकाउ अर्थशास्त्र विश्वविद्यालय
क्राको, पोल्यान्ड

क्राकोभ प्राविधिक विश्वविद्यालय
क्राको, पोल्यान्ड

IES Azarquiel
टोलिडो, स्पेन

क्रिएटिभ क्याम्पस – युनिभेर्सिदाद युरोपेआ
म्याड्रिड, स्पेन

केन्द्रिय नयाँ मेक्सिको कम्युनिटी कलेज
अल्बुकर्क, अमेरिका

ड्र्यू विश्वविद्यालय
म्याडिसन, अमेरिका

एस्कुएला डे आर्ते टोलेदो
टोलिडो, स्पेन

हुएस्का कला विद्यालय
हुएस्का, स्पेन

ERAP रिसर्च एन्ड लर्निङ LLP
कोलकाता, भारत

जुराज दोब्रिला विश्वविद्यालय पुला
पुला, क्रोएसिया

एस्कुएला दे आर्टे दे जारागोसा
जारागोसा, स्पेन

IES Venancio Blanco
सालामांका, स्पेन

जारागोसा दिनामिका
जारागोसा, स्पेन
मेन्टर र प्रशासकहरूलाई भेट्नुहोस्
हाम्रा मेन्टरहरू र कार्यक्रम प्रशासकहरूले वर्डप्रेस श्रेयको मेरुदण्ड बनाउँछन्। मेन्टरहरूले विद्यार्थीहरूलाई खुला स्रोत योगदानका प्रारम्भिक चरणहरूमा मार्गदर्शन गर्दै, तिनीहरूलाई अर्थपूर्ण परियोजनाहरू परिभाषित गर्न, आत्मविश्वास विकास गर्न, र वर्डप्रेस टिमहरूसँग प्रत्यक्ष सहकार्यमार्फत वास्तविक जीवनका सीपहरू विकास गर्न सहयोग गर्छन्। कार्यक्रम प्रशासकहरूले अनबोर्डिङ र परियोजना समन्वयदेखि शैक्षिक साझेदारी र समुदाय एकीकरणसम्म, विद्यार्थी यात्राको हरेक चरण सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउँछन्। सँगै, तिनीहरूले यस्तो सहयोगी सिकाइ वातावरण सिर्जना गर्छन् जसले विद्यार्थीहरूलाई प्रयोजनसहित योगदान गर्न, नयाँ अवसरहरू खोलेर, ग्लोबल वर्डप्रेस इकोसिस्टमका सक्रिय सहभागी बन्न सशक्त बनाउँछ।
हाम्रा प्रायोजकहरू






WordPress.com ले डोमेनसँगै १ वर्षको निःशुल्क होस्टिङ र नवीकरणमा ५०% छुट प्रदान गर्दछ

Weglot ले तपाईँको वेबसाइट अनुवाद गर्नका लागि Weglot को बिजनेस प्लानको एक वर्ष निःशुल्क रुपमा प्रदान गर्दछ

संलग्न हुने तरिका
विद्यार्थीको रूपमा सहभागी हुनुहोस्
वास्तविक संसारको अनुभव हासिल गर्नुहोस्, मेन्टरहरूसँग सहकार्य गर्नुहोस्, वर्डप्रेस परियोजनाहरूमा योगदान दिनुहोस्, र ग्लोबल खुला स्रोत समुदायको एक भागका रूपमा तपाईँको भविष्यको करियरलाई उकास्न सक्ने सीपहरू निर्माण गर्नुहोस्।
मेन्टर बन्नुहोस्
आफ्नो अनुभव साझा गर्नुहोस् र विद्यार्थीहरूलाई वास्तविक जीवनका खुला स्रोत परियोजनाहरू मार्फत मार्गदर्शन गर्न सहयोग गर्नुहोस्, जसअन्तर्गत उनीहरूले सिक्दै र बढ्दै जाँदा प्रतिकृया, सहायता र दिशा प्रदान गर्नुहोस्।
साझेदार संस्था बन्नुहोस्
साझेदार बन्नुहोस् र विद्यार्थीहरूलाई ग्लोबल ओपन सोर्स परियोजनामा योगदान दिँदै वास्तविक अनुभव प्राप्त गर्न अर्थपूर्ण अवसर प्रदान गर्नुहोस्। कार्यक्रममा सहभागी हुँदा तपाईँले नवप्रवर्तनशील र अभ्यासमा आधारित सिकाइका अवसरहरूलाई सीधा आफ्नो पाठ्यक्रममा ल्याउन सक्नुहुन्छ।
कम्पनीको रूपमा योगदान दिनुहोस्
मेन्टर प्रायोजन, उपयोगी उपकरण र स्रोतहरू, वा कार्यक्रम अनुभवलाई समृद्ध पार्ने अन्य योगदानहरूको माध्यमबाट विद्यार्थीहरूलाई सहयोग गरेर खुला स्रोत समुदायलाई सबल पार्नुहोस्।
समुदायमा जोडिनुहोस्
अन्य आयोजकहरूसँग विचारहरू बाँड्न, सहकार्य गर्न, र जोडिएर रहनका लागि #wpcredits स्ल्याक च्यानलमा जोडिनुहोस्।
यदि तपाईँसँग अझ प्रश्नहरू छन् वा थप विवरणहरू चाहनुहुन्छ भने, तपाईँले यस ह्यान्डबुक मा सबै कुरा फेला पार्न सक्नुहुन्छ।